गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
91
Shares

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिपीचोकबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि सोही गाउँका २४ वर्षीय अनिल कुँवर गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेर अचेत अवस्थामा भेटिएका उनलाई उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

ट्याक्टर चालक २२ वर्षीय सुशील कुँवर र सवार २२ वर्षीय आशिष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

मृतकको शव जिल्ला अस्पताल तम्घासमै राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पुर्कोटदहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?