समावेशी आयोगका करार कर्मचारीलाई पदबाट नहटाउन सर्वोच्चको आदेश

लोकपथ
959
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा कार्यरत कर्मचारीहरूलाई पदबाट हटाउन नपाइने अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करार कर्मचारीहरू आफ्नो पदमा कायम राख्न आदेश दिएको हो ।

यसअघि सरकारले सार्वजनिक निकायमा करार कर्मचारीको नियुक्ति स्वतन्त्र सचिवमार्फत गर्ने व्यवस्था हटाएको थियो । यही निर्णयका आधारमा समावेशी आयोगका सचिवले करार कर्मचारी हटाएका थिए ।

तर कर्मचारीको उक्त कदमविरुद्ध दर्ता भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?