सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,  प्रतितोला कति पुग्यो ?

लोकपथ
497
Shares

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३७ हजार ८०० पुगेको छ । त्यस्तै, एक तोला चाँदी तीन हजार १० मा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा आज सुन प्रतितोला ६०० र चाँदी प्रतितोला २० ले बढेको हो । बुधबार सुनको मूल्य दुई लाख ३७ हजार २०० र चाँदी २ हजार ९९० रहेको थियो ।

बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेकाले लगानीकर्ताहरूले बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यानपूर्वक निगरानी राख्नुपर्ने सुझाव दिएका छन् । उनीहरूका अनुसार आगामी दिनहरूमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव रहने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?