शेयर बजारमा सामान्य सुधार

लोकपथ
56
Shares

काठमाडौं । बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । नेप्से सूचक १२.१७ अंकले बढेर २६०७ विन्दुमा पुगेको छ ।

दिनभर बजार कमजोर रहे पनि दिउँसो २ बजेपछि नेप्से उकालो लागेको हो । सूचक बढे पनि कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिनको ५ अर्ब १५ करोडबाट घटेर आज ४ अर्ब ६८ करोड रुपैयाँमा सीमित भयो ।

आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रहेको छ ।

सबैभन्दा बढी वृद्धि फाइनान्स समूहमा देखियो, जसको सूचक ३।४१ प्रतिशतले बढ्यो । बैंकिङ ०.५६, लगानी ०.६६, उत्पादन ०.६३, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.३९, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०।४४ र व्यापार समूह ०.४२ प्रतिशतले बढे ।

तर होटल तथा पर्यटन समूह ०.४५ प्रतिशतले घट्यो । दुई कम्पनी माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले उकालो लाग्यो। नेपाल फाइनान्सको ८.७६, सम्पदा लघुवित्तको ६.०६ र माहुली लघुवित्तको ५.१५ प्रतिशत वृद्धि भयो ।

उता, फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले घट्यो । अभियान लघुवित्त ४.६७ र विन्ध्यबासिनी हाइड्रोपावर ४.०८ प्रतिशतले घटे ।

सबभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?