काठमाडौं । जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाइ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा घर भइ मोरङको विराटनगर महानगरपालिका–५ बस्ने ५० वर्षीया पुनमदेवी साह र उनकी छोरी २७ वर्षीया कोमल पुरी साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी कोपिला चुँडालका अनुसार उनीहरुले जिल्ला अदालतको फेसबुक पेज बनाइ विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने गरेका थिए । उनीहरुले सोही पेजबाट विभिन्न पदमा भर्ना खुलेको छ भन्दै ई–सेवाबाट दर्ता शुल्क मगाई ठगी गर्ने गरेका थिए । डीएसपी चुँडालका अनुसार उनीहरुले किनमेल गर्ने र त्यसपश्चात आधा रकम दिने र बाँकेको पुनमदेवी साहको नामको सटही नहुने चेक दिने गरेका थिए । त्यस्तै ठगीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको डीएसपी चुँडालले जानकारी दिइन् ।
प्रहरीले पुनमदेवी साहको मोबाइल नम्बर ९८२३८९८२९३ को ई–सेवामार्फत् अन्य व्यक्तिहरु समेत ठगीमा परी पीडित भएको भएमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन समेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया