पार्टी एकताबारे थप छलफलमा जुटे प्रचण्ड, माधव नेपाल र नाराययणकाजी श्रेष्ठ

लोकपथ
679
Shares

काठमाडौं । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दल एकता गर्ने घोषणापछि दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका हुन् ।

त्यसो आइतबार दुई दलसहित विभिन्न ८ दलहरु एकता गर्ने सहमति गरिसकेका छन् । यता गोपाल किराती समेत माओवादी केन्द्रमा समाहित भएका छन् ।

सांगठनिक कार्यविभाजन लगायत महत्वपूर्ण विषयमा छलफलका लागि नेताहरु जुटेको बताइएको छ ।

आइतबार पार्टीको चुनाव चिह्नबारे निर्णय गरे पनि पार्टीको नाम भने स्पष्ट भएको छैन । ठूलो वामपन्थी शक्ति बनाउने तयारीसहित सहमति अनुसार कार्तिक १९ गते पार्टी एकता गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?