सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

लोकपथ
896
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानीसमेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहलसमेत गरिरहेको जनाएको छ । 

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?