काठमाडौं । बुद्ध एयरले काठमाडौं–कोलकातामा उडान संख्या बढाएको छ ।
बुद्धले आगामी नोभेम्बरदेखि साताको ४ दिन काठमाडौं–कोलकाता उडान भर्न लागेको हो ।
यसअघि बुद्धले सातामा ३ दिन मात्रै काठमाडौं–कोलकाता उडान भर्र्दै आएको थियो ।
बुद्ध एयरका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार सो गन्तव्यका लागि उडान हुनेछन् ।
बुद्ध एयर नेपालको निजी क्षेत्रको सफल हवाइ कम्पनी हो । नेपालका विभिन्न गन्तव्यहरुमा उडान भरिरहेको बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका रुपमा काठमाडौं–कोलकाता उडान भर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया