काठमाडौं । नेपाली बजारमा एआई प्लस स्मार्टफोनको आधिकारिक बिक्री-वितरण सुरु गरिएको छ ।
रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बनेपछि एआई प्लसले आफ्नो विस्तारको दायरा नेपालसम्म ल्याएको हो ।
एआई प्लसले नेपाली बजारका लागि सिजी लाई आफ्नो आधिकारिक वितरक नियुक्त गर्दै सशक्त उपस्थितिको घोषणा गरेको छ । कम्पनीका अनुसार, नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु-ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका कारण यो सहकार्य सम्भव भएको हो ।
एआई प्लसका संस्थापक माधव सेठका अनुसार एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो । त्यसैले, एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन् ।
त्यस्तै, सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशी भन्छन्, ‘हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्याउनु हो । बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो ।’
कम्पनीले पहिलो चरणमा एआई प्लस पल्स र एआई प्लस नोभा गरी दुई मोडेलका चार भेरियन्ट सार्वजनिक गरेको छ, जसमा ४ जिवी, ६ जिवी र ८ जिवी र्यामका विकल्प उपलब्ध छन् ।
एआई प्लसले नेपालमा सबैभन्दा किफायती फाईभजी स्मार्टफोनका रूपमा एआई प्लस नोभा फाईभजी प्रस्तुत गरेको छ, जसको मूल्य १३ हजार ९९९ निर्धारण गरिएको छ । साथै, ४ जिवी र्याम र ६४ जिवी स्टोरेज भएको एआई प्लस नोभा स्मार्टफोन ९ हजार भन्दा कम मूल्यमा उपलब्ध गराइएको छ ।
हाल एआई प्लसका स्मार्टफोनहरू नेपालभरका मोबाइल तथा इलेक्ट्रोनिक्स पसलहरूमा बिक्रीका लागि उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया