काठमाडौं । मंगलबारझैँ बुधबार पनि बिहानैदेखि देशभरको मौसम साधारणतया बदली रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपात र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम अनुकूलताका कारण हवाई उडानमा समस्या बनेको छ भने दैनिक जनजीवन पनि कष्टकर बनेको छ । बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम धुमल्लिएको छ ।
जताततै तुँवालो लागेको छ । आगामी शनिबारसम्म मौसम प्रतिकुल नहुने विभागको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया