काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन (सोमबार) को तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९२० कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया