११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णयविरुद्ध कारण देखाउ आदेश जारी

लोकपथ
1.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरू फिर्ता गर्ने सरकारको निर्णयबारे कारण पेस गर्न आदेश जारी गरेको छ ।

राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको दाबी गर्दै दायर गरिएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले आइतबार ‘कारण देखाउ आदेश’ जारी गरेको हो ।

रिट निवेदकले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई राजनीतिक आधारमा फिर्ता बोलाइएको भन्दै सो निर्णय असंवैधानिक र मनोमानी भएको आरोप लगाएका थिए ।

सरकारले गत असोज २० गतेको मन्त्रिपरिषद् बैठकबाट चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (यूके), संयुक्त राज्य अमेरिका (यूएसए) र जापानमा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता गर्न निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार ती राजदूतहरूलाई कार्तिक २० गतेभित्र फिर्ता हुन निर्देशन दिइएको थियो । अदालतले अब सरकारलाई उक्त निर्णयका कारणसहितको लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?