जाँचबुझ आयोगका संयोजक कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट

लोकपथ
1.3k
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिका आगजनी घटनामाथि जाँचबुझ गर्न गठन गरिएको आयोगका पदाधिकारीहरूलाई काम कारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन् ।

रिट निवेदनमा आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र पक्षपाती ढंगले काम गरिरहेको तथा सदस्य भण्डारीले पनि त्यसबारे कुनै प्रश्न उठाउन नसकेको आरोप लगाइएको छ ।

सरकारले जेनजी आन्दोलनपछि भएका जनधनका क्षतिबारे अध्ययन र छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघका विभिन्न नियोगमा काम गरेका अधिवक्ता विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?