काठमाडौं । जेनजी आन्दोलनका क्रममा साँखुस्थित प्रहरी प्रभागमा आगजनी तथा प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ मकवानपुरका ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई यही कात्तिक ८ गते बेलुकी करिब ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिण ढोकाबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया