काठमाडौं । धनुषा र महोत्तरी हुँदै भारतको सीमामा प्रवेश गर्ने बिगही नदीमा छठका लागि दुई देशको साझा घाट निर्माण गरिएको छ ।
नेपाल भारत सीमामा बिगही नदीको किनारमा करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठ घाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नम्बर ६, ७ र ८, धनुषाको मुखिया पट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फबाट मधवापुर र रामपुरका व्रतालुका लागि छठ घाट निर्माण गरिएको हो ।
दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेबारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले अहिले दुवैतर्फका नागरिकले साझा छठ घाट निर्माण गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलल बताए ।
अहिले नेपाल-भारतको यो साझा घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । नेपालतर्फका मटिहानी र तुलसियाही एवं भारततर्फका मधवापुर र रामपुरका सर्वसाधारण सरसफाइ तथा सजावटमा जुटेका हुन् ।
सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी)को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर बर्तालुले अर्घ्य (अर्घ) दिनेछन् । यस घाटमा दुवैतर्फ (नेपाल-भारत)का गरी दुई हजार बढी व्रतालुले अर्घ्य दिने बताइएको छ । यहाँको छठ घाट हेर्न १० हजार बढी श्रद्धालु उपस्थित हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया