झापामा दुई जना मृत भेटिए

लोकपथ
420
Shares

काठमाडौं । झापा आज (शुक्रबार) दुई जना मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।

तिहार मनाउन उनकी श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्का घरमा नातिनी श्रृजा निरौलासँगै बसेका थिए । बिहानपख नातिनीले हजुरबुबालाई उठाउन खोज्दा नउठेपछि ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

मृतकका २८ वर्षीय छोरा सरोज खड्का पनि तीन वर्षअघि, २०७९ कात्तिक १६ गते, सोही कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बुवा र छोराको तीन वर्षको अन्तरमा एकै किसिमको मरणले स्थानीयहरू अत्यन्त दुःखी भएका छन् । स्थानीय युवराज खड्काले घटनाले गाउँभरि शोकको वातावरण बनाएको बताए ।

त्यसैगरी, दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल पनि शुक्रबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईका अनुसार दुवै घटनामा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?