विश्वविद्यालय राम्रो बनाउन राजनीतिकरण निर्मुल पार्नुपर्छ : शिक्षामन्त्री पुन

लोकपथ
49
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मुल पार्नुपर्ने बताए ।

त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उनको भनाई छ । उहाँले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको र त्यसको लागि कानून संशोधन गर्नुपर्ने उनले बताए । तर हाल कानून संसोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाई छ ।

उनले भने, ‘विश्वविद्यालयहरुलाई राम्रो बनाउने हो भने राजनीतिकरण हुनुहुँदैन । राजनीतिकरण निर्मुल नै पार्नुपर्छ भन्ने अधिकांश भिसीहरुको सुझावअनुसार अब विश्वविद्यालयमा राजनीति कसरी हटाउने भन्ने कुरो यो उच्च शिक्षामा यसको मस्यौदा बनाउने र त्यो विल चाहीँ अहिले पास गर्न सकिँदैन । राजनीतिकरण हटाउनको लागी शुरु चाहीँ कहाँबाट गर्नुपर्छ भने जुन विश्वविद्यालयहरुको कुलपति छ, त्यो कुलपति अहिलेसम्म प्रधानमन्त्री हुने चलन छ । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नरहने र निष्पक्ष तरिकाले एउटा बोर्ड अफ ट्रष्टी गठन गरेर बोर्ड अफ ट्रष्टीले निष्पक्ष रुपमा कुलपतिहरुको चयन गर्ने भन्ने किसिमको एउटा व्यवस्था गर्ने भन्ने कुराहरु छ । त्यसको लागी कानुन नै संसोधन गर्नुपर्ने हुन्छ, अहिले कानुन संसोधन गर्न सकिदैन । अध्यादेश ल्याउन पाइँदैन । त्यही पनि त्यो कार्यक्रमलाई अगाडी बढाउने भन्ने कुरा विश्वविद्यालयमा छ ।’

उनले विश्वविद्यालयले परीक्षाफल समयमा नलिकाल्ने गुनासो आएकोले समयमा नै परिक्षाफ निकाल्न निर्देशन दिएको पनि जानकारी दिए । समयमा नै परिक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उनको भनाई छ । उनले मन्त्रालयले विद्यालयका शिक्षकहरुले तलवभत्ता नपाएको विषयमा छानविन गर्ने, विद्यालयका प्राध्यानाध्यापक छान्ने प्रक्रिया, पाठ्यक्रम परिमार्जन लगायतका काम अगाडी बढाएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?