काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभित्रका हवाई यात्रुहरूका लागि छुट दिने नयाँ व्यवस्था लागू गरेको छ । प्राधिकरणको महानिर्देशकको अध्यक्षतामा आज बसेको बैठकले यो नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले (आज) आइतबार विज्ञप्ति जारी गर्दै जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र बालबालिकालाई हवाई भाडामा छुट दिने निर्णय गरेको जानकारी दिएको हो ।
विज्ञप्तिअनुसार, दुई वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई ५० प्रतिशत छुट दिइनेछ । त्यस्तै, ६० वर्षभन्दा माथिका वरिष्ठ नागरिकहरूलाई र फरक क्षमता भएका हवाई यात्रुहरूलाई न्यूनतम ५० प्रतिशत छुट सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ ।
प्राधिकरणले सो निर्णय आजकै मितिदेखि लागू हुने जनाएको छ । साथै, सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई नयाँ छुट नीतिको कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया