काठमाडौं । सल्यानबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । सल्यानकोशारदा नगरपालिका-१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोक बहादुरसहित ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय २५ रूपैयाँ र ११ बुक ताससहित आइतबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया