देशका लागि आवश्यक परे म अध्यक्ष पद छोड्न तयार छु : प्रचण्ड

लोकपथ
602
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र उठ्न थालेका नेतृत्व परिवर्तनका आवाजप्रति प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

दाहालले भने, ‘कतिपय मानिसहरूले भन्छन्, पार्टी अध्यक्ष छोड । म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्‍यो म गर्न तयार छु । देश बच्न जरुरी पर्‍यो भने म पद, अध्यक्षता, कार्यकारी जिम्मेवारीसबै त्याग गर्न तयार छु ।’

उनले आफूका लागि अध्यक्ष पद सामान्य भइसकेको उल्लेख गर्दै पार्टी र राष्ट्रका हितका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । ‘मैले केन्द्रिय समितिलाई पनि भनिसकेको छु अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, ‘दाहालले भने ।

उनले देश र पार्टीलाई बलियो बनाउन सबै नेताकार्यकर्ताले पनि त्याग र समर्पणको भावना बोकेर अघि बढ्नुपर्नेमा जोड दिए । साथै उनले कार्यकर्ताहरूलाई विचलित नहुन र पार्टीको नीति कार्यक्रमप्रति विश्वास कायम राख्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?