जेनजी आन्दोलनपछि पहिलो पटक ओली पार्टी मुख्यालय च्यासलमा

लोकपथ
203
Shares

काठमाडौं। जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी मुख्यालय च्यासल पुगेका छन् । 

शनिबार पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा उनी सहभागी भएका हुन् ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेताहरू पनि उपस्थित थिए ।

जेनजी आन्दोलनपछि पदच्यूत भएका ओली हाल भक्तपुरको गुण्डुमा डेरा गरी बस्दै आएका छन् । 

भदौ २४ गतेको आन्दोलन क्रममा उनको बालकोटस्थित घर र पार्टी मुख्यालय च्यासलमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?