नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन 

लोकपथ
441
Shares

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिव तथा मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा.विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनको विषय बुझ्न र तत्काल सम्बोधन गर्न आवश्यक कदम चाल्न निर्देशन दिएकी हुन् । उनी स्वयं स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै समस्या समाधानमा सक्रिय भएकी छन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘देशमा रहेका दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु उचित होइन। समस्या समाधान नगरे ठुलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्नेछ ।’

कास्कीस्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू पाँचौँ तह बराबरको पारिश्रमिक पाउने माग गर्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ निर्धारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?