सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०१औँ स्थानमा

लोकपथ
3.6k
Shares

काठमाडौं । हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढी अनआराइभल भिसा पाउँछ सोही पासपोर्टलाई सबैभन्दा शक्तिशाली मानिने गरेको छ ।

सन् २०२५ का लागि जारी हेनले पासपोर्ट इन्डेक्स अनुसार, सिंगापुरको पासपोर्ट पुनः विश्वको सबैभन्दा शक्तिशाली बनेको छ । जबकि अमेरिकी पासपोर्ट दुई दशकमा पहिलो पटक शीर्ष १० सूचीबाट बाहिरिएको छ । नेपाल भने अघिल्लै स्थान १०१औँ स्थानमै यथावत् छ।

सिंगापुरका नागरिकहरूले अब विश्वका १९३ देशमा भिसा बिना प्रवेश पाउने सुविधा पाएका छन् । यसपटक दक्षिण कोरिया दोस्रो (१९० देश) र जापान तेस्रो (१८९ देश) स्थानमा रहेका छन्।

त्यस्तै, अमेरिकी पासपोर्ट १२औँ स्थानमा झरेको छ, जुन मलेसियासँग बराबरीमा रहेको छ। अमेरिकी नागरिकहरूलाई २२७ मध्ये १८० देशमा मात्र भिसा-फ्री प्रवेश अनुमति छ।

नेपाल भने यो वर्ष पनि १०१औँ स्थानमै रहेको छ । नेपालका नागरिकहरूले ३६ देशमा अनअराइभल वा भिसा-फ्री प्रवेश पाउँछन् ।

यसैबीच, भारतले आफ्नो स्थिति सुधार्दै ७७औँ स्थान हासिल गरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ८ स्थानले उकालो हो । त्यस्तै पाकिस्तान १०३ औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?