मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

लोकपथ
77
Shares

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको आज बिहान अवलोकन गरेका छन् ।

मन्त्री घिसिङले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको अवलोकन गरेका हुन् ।

उनी इलामको बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गरेर फर्कने क्रममा अर्जुनधारा नगरपालिकाको बुट्टाबारी, सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत निरीक्षण पनि गरेका थिए ।

यसै क्रममा मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा निर्माण भइरहेको पुल, वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको समेत अवलोकन गरेका थिए ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार, मन्त्री घिसिङले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग संक्षिप्त अन्तरक्रिया पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?