काठमाडौं । नेकपा (एमाले)का नेता तथा निवर्तमान सांसद महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप बढिरहेको आरोप लगाएका छन् । शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो प्रवृत्तिले विधिको शासन र लोकतान्त्रिक मूल्यमा गम्भीर ठेस पुर्याइरहेको बताए ।
नेता बर्तौलाले राज्य संरचनाभित्र देखिएको ‘अनुशासनहीनता’ लाई चिन्ता व्यक्त गर्दै भने, ‘अराजकता र भीडको दबाबमा राज्य चल्ने हो भने मुलुक दिशाहीन बन्छ ।’
उनका अनुसार हाल राज्यका औपचारिक संयन्त्रहरूमा अनाधिकृत व्यक्तिहरूको पहुँच र प्रभाव बढ्दै गएको छ । ‘अनाधिकृत मानिसहरूले राज्य संयन्त्रमा प्रवेश पाईरहेका छन्, तिनीहरूलाई महत्त्व दिइँदैछ र उनीहरूबाटै निर्देशन जारी भइरहेको छ । यस्तो कार्य लोकतान्त्रिक र लोककल्याणकारी शासन प्रणालीका लागि अस्वीकार्य छ,’उनले भने ।
बर्तौलाले सरकार अझै पनि आम नागरिक र राज्यका जिम्मेवार निकायमा कार्यरत कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको जिकिर गरे ।
दण्डहीनता फैलन नदिने र विधिको शासन कायम गर्न राज्यका अंगहरूले परिभाषित जिम्मेवारीअनुसार निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउनुपर्ने आवश्यकता उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया