एमालेको निष्कर्ष– ‘सरकार मुलुकलाई मुठभेडतर्फ लैजान उद्यत देखियो’

लोकपथ
658
Shares

काठमाडौं । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।

शुक्रबार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए । पार्टीले छिट्टै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताए ।

पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिट्टै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए । मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरुसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भएपनि वर्तमान सरकारले त्यसो नगरेको बताए ।

सरकार दलहरुलाई साथ लिने नभइ निषेधको बाटोमा गएको बताए । सरकारमा रहेका मानिसहरु र सरकार बनायौँ भन्नेहरु हिंसाको भाषा बोलिरहेको र राजनीतिक नेताहरुमाथि भौतिक आक्रमणको धम्की आइरहेको बताए ।

एमालेको सचिवालय बैठक भोलि पनि बस्नेत । बैठकमा जेनजी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरेको बताए ।

उनले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताए । उनले भदौ २३ गते जेन जी युवाहरुले राखेका आवाजहरु स्वभाविक रहेको र शान्तिपूर्ण आन्दोलन गर्ने र सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई दबाब सिर्जना गर्ने भनेर आन्दोलन गरिएको बताए । तर शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराएपछि यो घटना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?