काठमाडौं । फिलिपिन्समा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड मापन गरिएको छ ।
भूकम्पको केन्द्र फिलिपिन्सको दक्षिणी भाग मिन्डानाओ क्षेत्रमा रहेको बताइएको छ । भूकम्पको धक्का तीव्र महसुस भएकाले स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएका छन् ।
भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै प्रशान्त सुनामी चेतावनी केन्द्रले सतर्कता जारी गरेको छ । हालसम्म जनधनको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि केही स्थानमा बिजुली आपूर्तिमा समस्या आएको छ भने उद्धार टोलीलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया