काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका नेतासँग आज निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न लागेका छन् ।
राष्ट्रपति पौडेलको पहलमा आज शुक्रबार अपराह्न ४ बजे शीतल निवासमा उक्त बैठक बस्ने कार्यक्रम तय भएको छ । छलफलमा आसन्न निर्वाचनको तयारी, समय तालिका र सरकारको भूमिकाबारे केन्द्रित हुने बताइएको छ ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए । सो भेटमा हालको राजनीतिक स्थिति र आगामी निर्वाचनका विषयमा प्राथमिक छलफल भएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया