जेनजीको हातबाट कांग्रेस कार्यकर्ताले खोसे देउवाविरुद्ध नारा लेखिएको ब्यानर

लोकपथ
3.6k
Shares

काठमाडौं । कांग्रेसका नेताहरुविरुद्ध माइतीघरमा टाँगिएका ब्यानर कार्यकर्ताहरुले निकालेका छन् ।

विभिन्न समूहले माइतीघरमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नारा लेखिएको ब्यानर टाँगिएको थियो । बिहीबार साँझ नेपाली कांग्रेस निकट नेविसंघले उक्त ब्यानर हटाएको हो ।

नेविसंघ, तरुण दल लगायत संघ संगठनमा आवद्ध नेताहरु त्यहाँ पुगेर ‘म भ्रष्टाचारी शेरबहादुर देउवा’ लेखिएको पोस्टर जेनजीको हातबाट खोसेका हुन् ।

जेनजीको नाममा एक समूह देउवाविरुद्धको पोस्टर बोकेर माइतीघर पुगेको थियो । सोही क्रममा तारामान स्वाँर लगायतले उक्त पोष्टर खोसेका हुन् ।

त्यसो त यसअघि बुधबार एमाले नेताहरुविरुद्ध लेखिएको ब्यानर समेत एमालेका कार्यकर्ताहरुले खोसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?