माइतीघरबाट १० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ

लोकपथ
434
Shares

काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शनका लागि पुगेका १० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

जेनजी आन्दोलनमा धोका भएको भन्दै आज माइतीघरमा विरोध प्रदर्शन भएको थियो । सो क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

माइतीघर लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन हुन सक्ने भन्दै बिहानैबाट बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि देश फरक परिस्थितिमा अघि बढेको छ । तर भ्रष्टाचारको अन्त्य, सुशासन लगायतका नारा बोकेर सत्ता नै पल्टिए पनि जेनजीको माग सम्बोधन नभएको भन्दै पुनः आक्रोश व्यक्त भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?