कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित एक पसलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
लक्ष्मी चन्दको पसलमा जुवा खेलिरहेको अवस्थामा सोही स्थानका २५ वर्षीय घनश्याम जोशीसहित १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकासँग नगद १ लाख १५ हजार ६ सय १५ रुपैयाँ र दुई बुक तास बरामद गरिएको छ ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया