सुनकोसी नदी किनारमा महिलाको शव फेला

लोकपथ
147
Shares

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ करमबोटस्थित सुनकोसी नदीको किनारमा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार नामथर र वतन नखुलेकी अन्दाजी ४० देखि ४५ वर्षको महिलाको शव घोप्टो अवस्थामा पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

शवलाई प्रहरीले पानीबाट निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीका अनुसार मृतकको सनाखतका लागि प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?