काठमाडौं । नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दसैँ) को बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चहलपहल सुरु भएको छ ।
सिंहदरबारसहित देशका सरकारी कार्यालयहरूमा चहलपहल सुरु भएको हो । यस वर्ष असोज १६ गते दसैँको टीका रहेको थियो ।
त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दसैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।
अब दसैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा कर्मचारीहरूको चहलपहल सुरु भएको हो । सिंहदरबारमा पनि कर्मचारीहरू आएर आफ्नो काम सुरु गरिसकेका छन् । दसैँमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया