काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा आइतबार ६ बजेदेखि गाडी चलाउन नपाइने भएको छ ।
लगातार वर्षा र पहिरोको जोखिमका कारण जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालनमा रोक लगाएको सूचना जारी गरेको हो ।
प्रहरीका अनुसार, साँझ ६ बजेभित्र सडक खण्ड पार गर्ने सवारीलाई समयमै गन्तव्यसम्म पुग्ने व्यवस्था गरिएको छ । तर त्यसपछि आउने सवारीहरूलाई होल्डिङ सेन्टरमा राखिने जानकारी दिइएको छ ।
मौसम पूर्वानुमान र पहिरो जोखिमलाई ध्यानमा राखेर रातको समयमा सडक सञ्चालनमा कडाइ गरिएको प्रहरीले जनाएको छ । विशेष गरी तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिम कायमै रहेकोले यस खण्डमा सवारी रोक्न आवश्यक ठानिएको हो ।
यसअघि शनिबार पनि साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया