काठमाडौं । शुक्रबारदेखिको विपद्का घटनामा कुल ४९ जनाको मृत्यु भएको छ ।
इलाममा सबैभन्दा धेरै ३७ जनासहित ४९ जनाको मृत्यु हुँदा एक जना बेपत्ता र ७ जना घाइते छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् ।
केहीको भने चट्याङ र दुर्घटनामा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया