काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचना प्रणालीमा एकरूपता र समन्वयात्मक रूपमा काम गरेकाले यस वर्षको विपद् प्रतिकार्य सफल भएको बताएका छन् ।
जोशीले मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरे पनि समयमै पूर्वानुमान र सूचना प्रवाह गर्न सकिएको कारण जनधनको क्षति न्यून भएको बताए ।
उनका अनुसार ७ अक्टोबरमै १८, १९ र २० गते अति भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो । सो पूर्वसूचना समयमै सम्बद्ध निकाय र जनतासम्म पुर्याउन सकिएकोले ठूलो क्षति हुन नपाएको उनले बताए ।
जोशीले भने, ‘यस वर्ष मनसुनको अन्त्यतिर जल तथा मौसमसम्बन्धी विपद्को सामना गर्नुपर्यो । तर, विभागले पूर्वानुमान र पूर्वसूचनाको बुझाइमा एकरूपता ल्याई, समन्वयात्मक रूपमा एकद्वार प्रणालीबाट काम गरेकाले विगतको तुलनामा जनधनको क्षति कम भएको अनुमान छ ।
उनले मौसम पूर्वानुमान एक पटक मिल्यो भन्दैमा हौसिनुपर्ने वा नजुध्दा निराश हुनुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै निरन्तर अध्ययन र सुधार नै विभागको प्राथमिकता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया