काठमाडौं । मेची कोरिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ ।
केचना-कञ्चनजंघा सडकखण्डमा पर्ने माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएका हुन् ।
इलाम नगरपालिका-११ बेलासेमा माईखोलामाथि करिब पाँच वर्षअघि बनेको पक्की पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ ।
त्यस्तै, मेची राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ । इलाम र पाँचथरका ३० भन्दा बढी स्थानमा साना-ठूला पहिरो खसेकाले यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया