घरघरमा दसैँको टीका लगाइँदै, अधिकांशले लगाए साइतमै टीका

लोकपथ
210
Shares

काठमाडौं । विजया दशमीको अवसरमा आज घरघरमा टीका लगाइँदै छ । आफूभन्दा ठुला र मान्यजनबाट आजदेखि टीका लगाएर आशीर्वाद लिने गरिन्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम हुने निर्णय गरेको थियो । सोही समय अनुसार अधिकांशले उत्तम साइतमै घरघरमा टीका लगाएर सुरुवात गरेका छन् ।

अधिकांशले आफ्नै घरमा टीका लगाएपछि अन्य मान्यजनको हातबाट टीका ग्रहण गर्न जाने गर्दछन् ।

दशमीपछि पूर्णिमासम्म दसैँको टीका लगाइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?