राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन  गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा पुगेर पूजा आराधना गर्नुका साथै उनले टीका र प्रसाद ग्रहण गरेका हुन् ।  

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दसैँ दसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो छ । त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी मनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?