काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रालिका अध्यक्ष एनकुमार साईले जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताएका छन् ।
आन्तरिक पर्यटकहरु पनि जेनजी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उनको भनाइ छ । बाह्य पर्यटक नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको बताए ।
पर्यटन क्षेत्र जेनजी आन्दोलनसँगै सुस्ताएको उनको भनाइ छ । उनकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरु सय भन्दा बढी हुने गरे पनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरुले काम पाएका छैनन् । तिहारपछि अझै ठूलो आन्दोलन हुने डरले मानिसहरु बाहिर ननिस्किएको बताए ।
उनले यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनुपर्ने कुरामा यातायात व्यवसायीहरू सचेत रहेको बताए । चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारीसाधन चलाइरहेको बताए । उनले काउन्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरुसँग आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया