काठमाडौं । सिन्धुपाल्चोकमा दूध संकलन गर्ने डेलिभरी भ्यान भोटेकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
बलेफी गाउँपालिका–५ बलेफीस्थित अरनिको राजमार्गमा शुक्रबार बिहान डेलिभरी भ्यान भोटेकोशी नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बा १२ च ६५९४ नम्बरको दूध संकलन गर्ने भ्यान सडकबाट करिब ५० मिटर तल खसेर नदीमा परेको हो ।
भ्यानसहित पनौती नगरपालिका-१० पस्थली बस्ने चालक २२ वर्षीय नवराज खुलाल बेपत्ता रहेका छन् ।
भ्यानमा चालकबाहेक अरु कोही नभएको पुष्टि भएको छ । भ्यान र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया