काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका दुई विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सो कुरा बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा ती विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका थिए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालय मातहत नै फर्काउने निर्णय समेत गरेको छ ।
तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७४ सालमा विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया