दुर्गमका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर

लोकपथ
364
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ ।

महानगरले असोज ७ गते मंगलबारदेखि एम्बुलेन्स वितरण गर्न लागेको हो ।

यसअघि पनि महानगरले दुर्गम तथा मापदण्डका आधारमा एम्बुलेन्स वितरण गर्दै आएको थियो । तर एक वर्षअघिदेखि रोकिएको काम पुनः सुरुवात गर्न लागेको महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिए ।

‘विगत १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२–०६–०७ गते सोमबार बाट सुरु गर्दै छौ।पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दैछौँ,’ बालेनले भनेका छन् ।

उनका अनुसार एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको हो ।

स्वास्थ्य सेवाको पहुँच सबै नेपालीहरुको आधारभूत अधिकार रहेको बताउँदै देशका दुर्गम भुभागमा रहेका नागरिकहरुलाई सहज होस् भन्नका लागि अभियान थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?