आगामी नेतृत्वबारे छलफलमा जुटे संस्थापन समूहका ५ नेता

लोकपथ
756
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका ५ नेताहरु छलफलमा जुटेका छन् ।

यसअघि पनि निरन्तर छलफल गरेर आगामी महाधिवेशनमा कसलाई नेतृत्वका लागि अघि सार्ने विषयमा मन्थन गरेका थिए । तर जेनजी आन्दोलनपछि फरक परिस्थिति सिर्जना हुँदा नेताहरु पुनः छलफलका लागि जुटेका हुन् ।

आइतबार बिहान कांग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सिबारीमा बैठक बसेको हो ।

बैठकमा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत रहेका छन् ।

जेनजी आन्दोलनपछि कांग्रेसका शीर्ष नेताहरुबाटै आगामी मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठिरहेको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरणका लागि दबाब दिइरहेका छन् ।

यता संस्थापन समूहका नेताहरुले भने अहिले नै नेतृत्वको विकल्प खोज्न नहुनेमा जोड दिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?