हमासले सार्वजनिक गरेको ‘बिदाइ तस्बिर’मा नेपाली विपिन जोशी पनि

लोकपथ
3.7k
Shares

एजेन्सी । हमासको सशस्त्र समूहले गाजामा रहेका ४८ इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । जसमा नेपाली नागरिक विपिन जोशी पनि देखिएका छन् ।

शनिबार अनलाइनमार्फत सार्वजनिक गरिएको संकलित तस्बिरमा जीवित र मृत सबै बन्धकका अनुहार देखाइएको छ।

तस्बिरमा प्रत्येक व्यक्तिसँग सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेनलाई संकेत गर्दै ‘रोन अराद’ लेखिएको छ ।

अराद दक्षिणी लेबनानमा आक्रमणको क्रममा विमान विस्फोटपछि समातिएका थिए र पछि हिजबुल्लाहलाई हस्तान्तरण गरिएको मानिन्छ।

हमासले तस्बिरसँगै एक सन्देश पनि सार्वजनिक गरेको थियो । सन्देशमा भनिएको छ, ‘नेतन्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणको कारण, गाजा शहरमा सैन्य कारबाही सुरु हुँदाको ‘बिदाइ तस्बिर ।’

यो सन्देश इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँग कुनै सम्झौता नगर्ने अडान र इजरायली सेना प्रमुख अयाल जामिरको नेतृत्वमा गाजा शहरतर्फ बढाइएको भूमि तथा हवाई आक्रमणको सन्दर्भमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?