काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् ।
आज प्रधानमन्त्री कार्कीलाई भेट्न राजदूत थम्सन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेकी थिइन् ।
सो क्रममा राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे साथै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन रहेको दोहोर्याए ।
अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरेको अमेरिकी दूतावासले जनाएको छ ।
नेपाल र अमेरिकाबिचको निरन्तरको सहयोग आदानप्रदानले दुवै देशलाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्याउने विश्वास रहेको दूतावासले जनाएको छ ।
त्यसो त गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीलाई विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुले बधाई दिइरहेका छन् ।
आजै नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया