प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच टेलिफोनमा कुराकानी

लोकपथ
1.3k
Shares

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता भएको छ ।

आज कार्की र मोदीबिच आधाघण्टा हाराहारी कुराकानी भएको हो ।

कुराकानीका क्रममा मोदीले हालै नेपालमा भएको घटनाप्रति दुःख व्यक्त गरे । साथै नेपालमा शान्ति र स्थायित्व पुनस्र्थापना गर्न छिमेकीको नाताले भारतको सधैँ साथ रहने विश्वास व्यक्त गरेको मोदीले ट्वीट गर्दै जानकारी दिएका छन् ।

त्यस्तै असोज ३ गते शुक्रबार (भोलि) नेपालको संविधान दिवस रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्की र नेपाली जनताका साथ शुभकामना व्यक्त गरे ।

‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्‍याएँ। साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ,’ मोदीको ट्वीटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?