नेपालीले नै सिंहदरबारको पुनर्निर्माण गर्न पर्यटन व्यवसायीको आग्रह, एक लाख सहयोगको घोषणा

लोकपथ
2.3k
Shares

काठमाडौं । युवा पर्यटन व्यवसायी नवराज अगमाईले सिंहदरबारको पुनर्निर्माण नेपालीकै सहयोगबाट बनाउन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत अपिल गर्दै अमगाईले कोषमा आफूले तत्कालै एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अगमाईले सिंहदरबारको पुनर्निर्माणमा सबै एकजुट हुन भन्दै कोष निर्माणका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

गोरखा स्थायी घर भएका अमगाईले सिंहदरबारको पुनर्निर्माणलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

नवराज अमगाई, पर्यटन व्यवसायी

उनले लेखेका छन्, ‘सिंहदरबार नेपालीले नै पुनर्निर्माण गरौँ । प्रधानमन्त्रीज्यूले पुनर्निर्माण कोष स्थापना गर्नु भएमा मेरो तर्फबाट एक लाख रुपैयाँ सहयोग सुनिश्चित छ । सबैले आवाज उठाऔँ, जुटेर सहयोग गरौँ ।’

अमगाईले सिंहदरबार पुनर्निर्माणका सम्बन्धमा थप स्पष्ट पार्दै सिंहदरबार नेपालको सामाजिक प्रतिष्ठा, ऐतिहासिक धरोहर र गौरवको प्रतीक भएकाले यसको पुनर्निर्माणमा नेपाली जनता नै लाग्नुपर्ने बताए । यो अभियानमा जोडिन र योगदान गर्न अमगाईले सबैलाई आह्वान समेत गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहित विभिन्न सरकारी संरचना, व्यापारिक केन्द्र र सम्पत्तिहरूमा तोडफोड तथा आगजनी भएको थियो । त्यस क्रममा सिंहदरबारमा भएको क्षतिलाई अमगाईले राष्ट्रकै ठुलो क्षति भन्दै सबै नेपालीलाई पुनर्निर्माणमा हातेमालो गर्न आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?