काठमाडौं । नेपाली बजारमा निरन्तर रूपमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन यो मूल्य २ लाख १७ हजार १ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ पनि ओरालो लागेको छ । मंगलबार प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर २ हजार ५५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य परिवर्तन हुने गरेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया