नारायणगढ-मुग्लिन सडकमा ढुंगा खस्दा बस यात्रुको मृत्यु

लोकपथ
1.5k
Shares

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको बसमा माथिबाट ढुंगा खस्दा एक यात्रुको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार मंगलबार साँझ तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुग्दा ढुंगा खसेको थियो ।

ढुंगाले बसमा सवार लमजुङ घलेगाउँ घर भएकी ४६ वर्षीया ऐश्वर्या कामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते कामीलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लैजाँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?